सिटिजन्स बैंक तुलसीपुर शाखाद्धारा रक्तदान

 बैशाख ०३, २०७९

तुलसीपुर । सिटिजन्स बैंकको १५औ वार्षिकोत्सवको अवसरमा तुलसीपुर शाखाले रक्तदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत बार्षिकोत्सवमा रक्तदान कार्यक्रमको आयोजना गरिएको शाखा प्रबन्धक घनश्याम भण्डारीले बताउनुभएको छ ।

शाखामा कार्यरत कर्मचारी र शुभचिन्तक गरी १६ जनाले रक्तदान गरेको प्रबन्धक भण्डारीले जानकारी दिनुभएको छ । रक्तसञ्चार केन्द्र तुलसीपुरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा शाखा प्रबन्धक भण्डारी सहित कुसुम जिसी, विमल रेग्मी लगायतले रक्तदान गर्नुभएको थियो । बैंकको वार्षिकोत्सव यहि बैशाख ७ गते छ ।

तपाईंको प्रतिक्रिया