राष्ट्र बैंक सञ्चालक समितिकाे बैठक अन्योलमा

 बैशाख ०४, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंक सञ्चालक समितिमा आधा सदस्य रिक्त भएपछि बैठक नै अन्योलमा परेको छ । गभर्नर महाप्रसाद अधिकारीको निलम्बन तथा सञ्चालकद्वय डा. श्रीराम पौड्याल र रामजी रेग्मीको कार्यकाल सकिएपछि सञ्चालक समिति बैठक नै अन्योलमा परेको हो ।

सरकारले छानविन समिति गठन गरेपछि गभर्नर अधिकारी चैत २४ गतेदेखि निलम्बनमा छन् । सञ्चालकद्वय पौड्याल र रेग्मीको कार्यकाल शुक्रवार सकिएको हो । नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्थाअनुसार सञ्चालक समिति बैठकमा अध्यक्षता गर्ने व्यक्ति र कम्तीमा तीनजना सञ्चालकको उपस्थिति भए मात्र गणपूरक संख्या पुग्छ । गभर्नरको निलम्बन र दुईजना सञ्चालकको कार्यकाल समाप्तिपछि सञ्चालकको संख्या चारजनामा झरेको छ । त्यसमाथि विज्ञ सञ्चालक डा. सुवोधकुमार कर्ण बैठकमा उपस्थित नहुने भएकाले अन्योल भएको हो । अार्थिक अभियान दैनिकमा खबर प्रकाशित छ ।

तपाईंको प्रतिक्रिया