थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि
काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ७७ जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यही अवधिमा २५ जना कोरोना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा तीन सय १८ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएकाे छैन । यस अवधिमा ७६ हजार तीन सय ७२ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएकाे मन्त्रालयले जनाएकाे छ ।




तपाईंको प्रतिक्रिया