तुलसीपुर-११ मा एमालेका उम्मेदवार घरदैलोमा

 बैशाख १३, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा एमालेका उमेदवारले घरदैलो अभियानलाई आज देखि सुरु गरेका छन । मेयरका उम्मेदवार टिकाराम खड्का र उपमेयरका उम्मेदवार स्यानी चौधरी लगायत वडाका अध्यक्ष र सदस्यले मतदाताको घरदैलोमा गएर एमालेलाई जिताउन आग्रह गरेका हुन । यसै क्रममा तुलसीपुर ११ ले आज गैरागाउँ जसपुर क्षेत्रमा घरदैलो गरेको हो ।

वडालाई समृद्ध बनाउन आफुहरुको उम्मेदवारी रहेको भन्दै वडाध्यक्ष पदका उम्मेदवार मान बहादुर रावतले आफूहरूलाई जिताउन अपील गरेका थिए । भौतीक पुर्वाधार देखि लिएर शिक्षा, श्वास्थ्य,पर्यटनको क्षेत्रमा जनताले अनुभुती गर्ने गरि आफुहरुले काम गर्ने भएकोले मतदान गर्न उम्मेदवारले आग्रह गरेका थिए ।

त्यस अवसरमा वडा सदस्य पदका उम्मेदवारहरु यज्ञ बहादुर बस्नेत,तिलकराम थारु,दलित महिला सदस्य पदका उम्मेदवार प्रभा परियार, महिला सदस्य पदका उम्मेदवार कमला चौधरी लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया