समृद्ध वडा बनाउन मेरो उम्मेदवारी: जिसी

 बैशाख १४, २०७९

सन्ताेष केसी, तुलसीपुर । यहि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवारहरुले चुनावी प्रचारलाई तिव्र पारेका छन् । यसैक्रममा नेपाली कांगेसको तर्फबाट तुलसीपुर ७ का उम्मेदवारहरुले चुनावी प्रचारप्रसार अन्र्तगत घरदैलो अभियानलाई तिव्र पारेका छन् । उनीहरुले आज गैरापातु, श्रीगैं लगायतका क्षेत्रमा पुगेर मत दिन अपिल गरेका छन ।


त्यस अवसरमा अध्यक्षका उम्मेदवार राम बहादुर जिसीले वडा सदस्य भएर काम गरेको अनुभवका आधारमा वडा लाई समृद्ध बनाउन आफु लाग्ने प्रतिबद्धता जनाएका थिए । पुर्वाधार विकाससगैं शिक्षा,स्वास्थ्यका क्षेत्रमा जनताले अनुभुति गर्नेगरि काम गर्ने जिसीको भनाई थियो । जिसी २०७४ को निर्वाचनमा कांग्रेसबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

तपाईंको प्रतिक्रिया