तुलसीपुर १२ मा गठबन्धनबाट खुसीराम लड्दै

 बैशाख १४, २०७९

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ को अध्यक्षमा खुसीराम चौधरी लड्दैछन् ।

गठबन्धनको तर्फबाट चौधरी चुनावी मैदानमा होमिएका हुन्। उक्त वडामा एकीकृत समाजवादीका अमित शर्माले पनि उम्मेदवारी दर्ता गराएका थिए ।तर, एकीकृत समाजवादीले उम्मेदवारी फिर्ता लिएर तुलसीपुर ३ मा समाजवादीको भागमा पार्ने सहमति भएको हो ।

माओवादी केन्द्रका तुलसीपुर नगर अध्यक्ष खुसीराम चौधरी पार्टी भित्रका स्वच्छ छविका नेता हुन् । सामान्य जीवन शैलीका चौधरी जनताकालागि भने अहोरात्र खटछन् ।

आफू सत्तामा नहुँदा पनि जनतालाई हरेक समस्या पर्दा हाँजीर हुने नेताका रुपमा चिनिन्छन् ।

तपाईंको प्रतिक्रिया