सुकुम्बासीको पीडा मलाई थाहा छ, सुकुम्बासीको हातमा लालपुर्जा थमाउँछु

 बैशाख १४, २०७९


दाङ । तुलसीपुर उपमहानगरपालिकाका मेयरका उमेद्वार टिकाराम खड्काले आफूले चुनाव जिते सुकुम्बासी समस्याको समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । वडा नम्बर ३ को कमिटीले दमार गाउँमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै मेयरका उमेद्वार केसीले आफू पनि सुकुम्बासी भएको भन्दै सबैभन्दा पहिले सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । ´एमालेलाई जिताउनुस् सबैभन्दा पहिले सुकुम्बासीलाई जग्गाको लालपुर्जा दिन्छु । खड्काले चुनावी सभामा भने-´म र मेरो परिवारका नाममा एक धुर पनि जग्गा छैन् । सुकुम्बासीको पीडा मलाई थाहा छ । जितेपछि सबैभन्दा पहिले सुकुम्बासीको हातमा जग्गाको लालपुर्जा थमाउँछु ।

चुनावी सभालाई सम्बोधन गर्दै उपमेयरका उमेद्वार स्यानी चाैधरीले गरिब जनताको जीवनस्तर उकास्न आफू प्रतिबद्धता जनाइन । ´म गरिब परिवारबाट आएकी हुँ ।उनलेे भनिन्-´गरिबीको पीडा मलाई थाहा छ । जितेँ भने गरिबी निवारण मेरो पहिलो प्राथमिकता हुनेछ । चुनावी भेलालाई एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे,कोमल वली,एमाले दाङका संगठन बिभाग प्रमुख श्याम डागिले सम्बोधन गर्दै एमालेका उमेद्वारले जिते मात्रै जनताको जीवनस्तर माथि उक्लने बताउनुभएको थियोे ।

तपाईंको प्रतिक्रिया