टिकट वितरणमा कांग्रेसमा असन्तुष्टि: तुलसीपुर ११ मा सदस्यता त्याग

 बैशाख १५, २०७९

तुलसीपुर । टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस तुलसीपुर ११ का नेताहरुले सामूहिक राजीनामा दिएका छन् । विहीवार बेलटाकुरामा भेला गर्दै वडा तहका नेताहरु र क्रियासिल सदस्यहरुले सदस्यता त्याग गरेर क्षेत्र नम्बर ३ लाई राजीनामा दिने तयारी गरेका छन ।
एक सय बढि जनाको हस्ताक्षर सहित बुझाउने एक नेताले जानकारी दिएका छन ।

सदस्यता त्याग गर्नेमा कांग्रेसका नेता डिल्ली बहादुर बस्नेत,बोधिलाल भण्डारी,गोर्वधन शर्मा, अजुन बहादुर केसी,भक्त बहादुर केसी, ओविर चन्द लगायतका रहेका छन । ११ नम्बर वडामा खिम बहादुर वलीले टिकट पाए सगैं असन्तुष्ट थिए । टिकट वितरणमा अन्याय भएको भन्दै नेता अर्जुन बहादुर केसीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता समेत गरेका थिए ।

तपाईंको प्रतिक्रिया