अदालतबाट बनेको सरकारले जनपक्षिय काम गरेन: पोखरेल

 बैशाख १५, २०७९

तुलसीपुर । नेकपा एमाले बबई गाउ कमिटिको आयोजनामा चुनावि सभा सम्पन्न भएको छ । सभालाई एमालेका महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए । उनले देश विकासको लागी एमालेको जित आवस्यक रहेको बताएका थिए । जनताको आवस्यकता तथा राष्टको लागी एमाले अपरीहार्य रहेको उनले बताएका थिए । जनता बाट नभई अदालत बाट बनेको सरकारले जनविरोधी कार्य गरिरहेको बताएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेका योजनाहरु खारेज गरेको गठबन्धन सरकार लाई बैशाख ३० मा जनताले जवाफ दिने बताएकाथिए । सभामा अध्यक्षका उम्मेदवार भुवनेश्वर पौडेल, उपाध्यक्षका उम्मेदवार शावित्रा विश्वकर्मा लगायतले बोलेका थिए ।

तपाईंको प्रतिक्रिया