निर्वाचनकाे दिन सार्वजनिक विदा दिन अायाेगकाे प्रस्ताव

 बैशाख १५, २०७९

काठमाडौँ । निर्वाचन आयोगले वैशाख ३० गते नेपालभर सार्वजनिक बिदा दिन सरकारलाई प्रस्ताव गरेको छ । निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको दिन देशभर सार्वाजनिक बिदा दिन सरकारलाई अनुरोध गर्ने निर्णय गरिएको बताए ।

त्यस्तै आयोगले मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ गतेदेखि ३० गतेसम्म तीन दिनका लागि मतदान स्थल र मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थितिमा पठनपाठन नगराउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेको उनले बताए ।

तपाईंको प्रतिक्रिया