एमाले तुलसीपुर ५ : ब्यवस्थित शहर देखि आकाशे पुलसम्मका योजना

 बैशाख १६, २०७९

तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा दलहरले आफ्ना प्रतिबद्धताहरु सार्वजनिक गरिरहेका छन । यसैक्रममा नेकपा एमाले तुलसीपुर ५ नम्बर वडा समितिले चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ । एमालेले तुलसीपुर बजार ब्यवस्थित गर्ने देखि लिएर आवतजावत सहजताको लागी विभिन्न स्थानमा आकाशे पुल निर्माण गर्ने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

नेकपा एमाले तुलसीपुर ५ का वडाध्यक्षका उम्मेदवार पदम पोख्रेल ९ जेठुकान्छु०ले आफुहरुले जितेमा ५ बर्षमा तुलसीपुरको मुहार फेर्ने बताएका छन । तुलसीपुरमा बढदै गएको अव्यवस्थीत पार्कीङलाई व्यवस्थीत गर्दै अरनिको मैदानलाई अन्डरग्राउन्ड पार्किङ सहितको मिनी रंगशाला, जहाँ क्षति त्यहाँ गति भन्ने नाराका साथ क्षति भएको सडकहरुको २४ घण्टाभित्र मर्मत, वजार क्षेत्रमा कौशी खेति गर्नेलाई प्रोत्साहन उल्लेख छ ।

पोख्रेलले आफुहरुको जितेमा पातुखोला किनार क्षेत्रमा रहेको करिडोरमा वृक्षारोपन, गरी हरियाली पार्कका रुपमा विकास गर्ने, ऐलानी अव्यवस्थीतलाई लालपूर्जा वितरण, अभिभावकविहिन अतिविपन्न बालबालिकाहरुको शिक्षाको जिम्मा लिइने देखि सुत्केरी र जेष्ठ नागरिकहरुलाई अस्पतालसम्म जानका लागि निशुल्क घुम्ती अटो सेवा प्रदान गर्ने सम्मको प्रतिवद्धता सार्वजनिक गरेका छन् । वडामा युवराज नेपाली,रिखिराम खरेल,महिला सदस्यमा लामती भण्डारी र दलित महिला सदस्यमा राधिका नेपाली चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिबद्धता सार्वजनिक कार्यक्रमको सहजिकरण चुनाव प्रचार प्रसार समितिका संयोजक प्रकाश भट्टले गरेका थिए ।

तपाईंको प्रतिक्रिया