घोराहीमा गठबन्धनको घोषणापत्र जारी

 बैशाख १६, २०७९

दाङ । घोराही उपमहानगरपालिकामा गठबन्धनले चुनावी घोषणापत्र जारी गरेको छ । घोराही उपमहानगरपालिका १७ बर्गदीमा आयोजित चुनावीसभामा घोषणापत्र जारी गरिएको छ । कार्यक्रममा प्रमुखका उम्मेदवार हेमराज शर्मा ‘डायमण्ड’, उप्रमुखका उम्मेदवार भुपबहादुर डाँगी, नेताहरु कृष्णबहादुर महरा, निर्मल आचार्य, राजु खनालगायतले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा दर्जनौं लोकप्रिय कार्यक्रम सार्वजनिक गरिएको छ । लोकतन्त्र, परिवर्तन र सामाजिक न्यायका लागि, विकास र समृद्धिका लागि यस स्थानीय निर्वाचनमा लोकतन्त्रवादी र परिवर्तनकारी शक्तिहरुलाई मतदान गरी प्रतिगमनकारीहरुलाई परास्त गर्नुको विकल्प नभएको भन्दै विज्ञप्तिमा लोकतन्त्र, विकास र समृद्धिको पक्षमा उभिन मतदातालाई आव्हान गरिएको छ ।

बर्षौदेखि विद्यमान गरीबी, बेरोजगारी, कुशासन, भ्रष्टाचार, न्यून उत्पादन, न्यून वेतन आम नेपालीका साझा दुश्मनका रुपमा रहिआएको उल्लेख गर्दै घोषणापत्रमा लोकतान्त्रिक मूल्य मान्यताप्रति पूरै उदासिन रही व्यक्तिगत लाभ र स्वार्थमा लिप्त रहेको एमाले नेतृत्वको स्थानीय तहलाई विदाई गर्नुको विल्प नरहेको उल्लखे छ ।

घोषणापत्रलाई आगामी नीति कार्यक्रमकै रुपमा अघि सारिएको उम्मेदवारहरुले बताएका छन् ।

तपाईंको प्रतिक्रिया