शासक होईन जनताको सेवक बनेर काम गर्नेछु: रावत

 बैशाख १७, २०७९

स्थानिय निर्वाचनको मिति नजिकिए सगै दलहरुले चुनावि प्रचार अभियान लाई अघि बढाएका छन । मनोनयन दर्ता गरेसगैं मत माग्न उम्मेदवार लाई भ्याई नभ्याई छ । यसैसन्दर्भमा जनमुखीकर्मि सम्झना नेपालीले तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार मानबहादुर रावत संग गरेको यहा प्रस्तुत गरेका छौ ।


चुनावको तयारी कसरी भैरहेको छ ?
हामिले बैशाख १२ गते मनोनय दर्ता गरेपछि विभिन्न समितिहरु गठन गरेउ । वडा तहमा रहेका नेताहरुलाई कार्यविभाजन गरेका छौ । अहिले प्रत्येक दिन विहान देखि साझ सम्म घरदैलोमा ब्यस्त छौं । जनताका घरमा पुग्ने र हामि निर्वाचित भएर आए देखि यो यो काम गर्छौ भनेर प्रतिबद्धता गरेका छौ ।
जनताको घरदैलोमा जादा कस्तो प्रतिक्रिया पाउनुभएको छ ?
स्वभाविक रुपमा जनतामा एक किसिमको उत्साह छाएको छ । आफ््नो स्थानिय सरकार प्रमुखलाई चुन्न आतुर हुनुहुन्छ । हरेक जसो घरमा स्थानिय निर्वाचनले एक किसिमको कौतुहलता छाएको छ । राम्रा मान्छेहरु चुनिएलान कि नाई ? भन्ने प्रश्न सबैतिर छ । समग्रमा भन्नुपर्दा एमालेमाथि चौतर्फि रुपमा भैरहेको घेराबन्दीलाई जनताले चिर्न चाहनुभको छ । आ आफ्नै स्वार्थका लागि बनेको गठबन्धन बारे जनताले जानकार हुनुहुन्छ । उहाहरु एमालेलाई जिताएर गठबन्धनको घुडा टेकाउन आत्तुर हुनुहुन्छ ।
तपाईले यसो भनिरहदा गठबन्धन सामु जित्न सजिलो होला र ?
सम्भव छ । एमाले सरकारले गरेका लोकप्रिय कामहरुको बारेमा जनता जानकार नै हुनुहुन्छ । जनताले दिएको म्याण्डेड बिपरीत अदालतीय प्रक्रियाबाट बनेको सरकारबाट अहिले जनतामा निराशा छ । चाहे नाकाबन्दी होस या आफ्नो भुमि फिर्ता गराउने सवाल होस यो राष्टियताका सवालमा बोल्ने पार्टि भनेकै एमाले हो । यहि कारण बालक देखि बृद्ध सम्मको आकर्षण छ । हाम्रो वडाको संगठनको कुरा गर्ने हो भने संयौ मानिसहरु एमालेमा प्रबेश गर्नुभको छ । यहि क्षेत्रका जनता सामु यो वा त्यो नभनि सेवा गरेको छु ।

गाउँको विकास मैले गर्न सक्छु भनेर जनताले विश्वास लिनुभएको छ । मैले यो गरे त्यो गरे भनेर यँहा भन्नै पर्दैन । जनताले बुझ्नुभएको छ । जनताको समस्यामा म हरदम छु । बर्षौ देखि यहिका जनताको सेवामा तत्पर रहेको हुदा गठबन्धन ले केहि फरक पार्दैन भन्ने ठानेको छु । अर्को तर्फ भन्दा एमालेको संगठन कमजोर रहेका गाउँमा हामि बलिया बनेका छौं । तसर्थ यो निर्वाचन हामिले जित्नेमा कुनै शंका छैन ।

तपाईलाई जनताले किन मत दिने ?
वडालाई समृद्ध बनाउनका लागि मेरो उम्मेदवारी हो । धेरै कुरा गर्ने र कुरामा मात्रै सिमित राख्ने योजना छैन । जनताका आधारभुत आवस्यकता पुरा गर्ने छौ । पुर्वाधार क्षेत्र देखि लिएर शिक्षा र स्वास्थ्यमा मुख्य लगानि हुने छ । यसका साथै वडामा सुकुम्वासी तथा अब्यवस्थित बसोबासिको समस्या लाई समाधान गरिने छ । शिक्षामा वडाका सामुदायिक विद्यालयमा बालमैत्रि तवरले सुविधा सम्पन्न बनाई सरकारी विद्यालय प्रति विद्यार्थीको आकर्षण बढाउन पहल थालिने छ । अमर माविमा थप प्राविधिक कक्षा सञ्चालन गरि यस क्षेत्रकै नमुना विद्यालय बनाउने, आधारभुत विद्यालय कटाहा, नवलपुरमा १० कक्षा सञ्चान गर्ने,प्रावि प्रिगाउ, सुकौरामा विद्यार्थी भर्नादर बढाएर कक्षा थप गर्ने योजना छ । श्वास्थ्यको कुरा गर्दा वडामा रहेको बेलटाकुरा स्वास्थ्य चौकिलाई अझ सुविधा सम्पन्न बनाईने छ । बिपन्न समुदाय तथा अशक्त अपांग र दिर्घरोगीको लागी स्वास्थ्य उपचार, औषधिमा निशुल्क ब्यवस्था गरिनेछ ।

वडाको पर्यटयिक क्षेत्रका रुपमा रहेको थारु राजाको दरवार रहेको सुकौरालाई अझै ब्यवस्थित बनाई पर्यटक भित्र्याउन पहल थालिने छ । सामाजिक सुरक्षा भत्ता वितरण सुविधामुखि बनाईने छ । अधुरा रहेका सडकका योजनाहरु पुरा गरिने छ । खेलकुदको विकासमा ध्यान जाने छ । वडाको बेलटाकुरामा रहेको खेल मैदानलाई ब्यवस्थित रंगशालाका रुपमा अघि बढाईने छ । किसानको खेतवारीमा बाह्रैमास सिचाई पुराएर ब्यवासायी मुखि बनाउन पहल थालिने छ । त्यसको बजारीकरणमा ध्यान जाने छ ।

खानेपानी लाई सरल बनाई विद्युतको क्षेत्रमा ध्यान जाने छ । हरेक गाँउमा जग्गाको खोजी गरि सामुदायिक भवन बनाउन पहल गर्ने छौ । वडामा शासक होईन सेवक भएर काम गर्ने छौ । निर्वाचन बेला जनताको घरदैलोमा जाने र निर्वाचित भएदेखि वास्ता नगर्ने जुन प्रचलन छ, त्यसको अन्त्य गर्ने छु । जनताको अघि समस्या पहिचान गरि समाधान खोज्ने पर्यत्न गर्ने छु । सबै जनताले प्रत्याभुति गर्ने खालका योजनाहरु पुरा बनाउने छौ । यी सबै योजना लाई सफल पार्नका लागि जनताको मत दिनुहुन्छ भन्ने कुरामा विश्वस्त छु ।
अन्त्यमा केहि भन्नु छ ?
सर्बप्रथम तपाईलाई धेरै धन्यवाद । निर्वाचनको बारेमा मेरा भनाईहरु राख्न दिनुभएकोमा । स्थानिय तहको निर्वाचन ३० गते हुदैछ । यसमा तपाईको एक भोटले हारजित हुन सक्छ । त्यो मतबाट ५ बर्ष सम्मको जनप्रतिनिध चुन्ने कुरा छ । तपाईको मत बाट वडालाई समृद्ध तथा शुसासनयुक्त बनाउने मेरो संकल्प छ । त्यो पुरा गर्नका लागि आदरणिय आमा बुवा दाजु भाई तथा दिदि बहिनिहरुमा हार्दिक हार्दिक अपिल गर्दछु । धन्यवाद ।

तपाईंको प्रतिक्रिया