तुलसीपुर १२ मा गठबन्धनको घरदैलो सुरु

 बैशाख १८, २०७९

तुलसीपुर ।
सत्तापक्ष गठबन्धनले दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा घरदैलो अभियान सुरु गरेको छ । आईतबार देखि घरदैलो अभियान सुरु भएको हो । अध्यक्षका उम्मेदवार माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष खुसीराम चौधरी, खुल्ला वडा सदस्यका उम्मेदवार शेषमणी भण्डारी,धनराज गौतम(प्रकाश),महिला सदस्य कमला घर्ती मगर, दलित महिला सदस्य विमला विकसहितको गठबन्धनका नेताहरु घरदैलोमा गएका छन् ।

राप्ती बबई क्याम्पस, महिन्द्र स्कुललगायतका कपडादेवी, एकता, प्रगतिनगर टोलमा घरदैलो गरिएको हो । त्यस अवसरमा अध्यक्ष चौधरीले आफूहरु सधै जनताकै घरदैलोमा रहेको र अहिले चुनाबी मैदानमा हुुमिनु परेको बताए । साथै उनले सत्तामा नहुँदा पनि सधै जनतासंगै रहेको र आगामी दिनमा पनि जनताकै घरदैलोमा जाने बताए ।

तपाईंको प्रतिक्रिया