एमाले तुलसीपुर १७ को घरदैलो बघौसीमा

 बैशाख १८, २०७९

नारायण डाँगी केवल, तुलसीपुर । नेकपा एमालेले १९ वटै वडामा घरदैलो कार्यक्रम जारी राखेको छ । केहि वडामा चुनावि सभाको समेत आयोजना गरेका छन । यसैक्रममा नेकपा एमाले तुलसीपुर १७ ले आज बघौसीमा मत माग्दै घरदैलो गरेको छ । उपमेयरका उम्मेदवार स्यानी चौधरी सहित वडाध्यक्षका उम्मेदवार लवरु चौधरीले जनता संग मत मागेका छन ।

त्यस अवसरमा संघर्षको मैदानबाट निखारीएर आएको हुदा तुलसीपुरको परीवर्तनको लागी सुर्यमा मतदान गर्न अपिल गरेकि थिईन । त्यसैगरी वडाध्यक्षका उम्मेदवार लबरु चौधरीले वडाको विकास र सुशासनको लागी मत दिन आग्रह गर्दै प्रतिबद्धता जनाएका थिए । यसैविच सोहि अवसरमा विभिन्न पार्टि परीत्याग गरि एमालेमा प्रबेश गर्नेलाई एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेले पार्टिमा स्वागत गरेका छन ।

तपाईंको प्रतिक्रिया