दंगीशरण ५ मा एमाले जिताउँन युवाहरुहरु जुटे

 बैशाख १८, २०७९

दंगीशरण । दंगीशरण गाउँपालिका वडा न। ५ का यूवाहरु एमालेलाई जिताउन चुनावी अभियानमा लागेका छन् । घरदैलो कार्यक्रममा त्यहाँका स्थानीयले वडा अध्यक्षका उम्मेद्धार निरज वस्नेतलाई साथ दिदै अभियानलाई सफल बनाउन लागेका छन् । “निरज वस्नेत आफैमा एक सक्रिय, सरल मान्छे भएकाले यसपालीको चुनावमा वडामा निरजलाई जिताउँछौँ ।” एक युवाले भने । यसपालीको चुनावी अभियानमा युवाको सक्रिय सहभागिता छ ।

“हामी वेरोजगार भयो त्यसैले यसपाली हामी रोजगार दिन सक्नेलाई नेता बनाउँछौँ ।” पाचँ वर्षिय कार्यकालमा वडाका युवाका लागि केहि योजना बनेन यस वर्ष हामी फरक मान्छेलाई जिताउँछौँ अव देश बनाउँने जिम्मा युवाको हातमा छ ।” वडाका युवाहरुको एउटै आवाज छ । घरदैलो कार्यक्रममा जनतासंगको भेटघाटमा वडा अध्यक्ष पदका उम्मेद्धार निरज वस्नेतले वडामा अझैपनी खानेपानीको समस्या रहेकोे भन्दै आफु विजयी भएपछि शुरुमा खानेपानी र सिचाईका लागि पहल गरिने जनतासंग प्रतीवद्धता ब्यक्त गरेका छन् ।

यसको साथै युवाहरुको लागि रोजगारमुलक कार्यक्रम संचालन गर्ने प्रतीबद्धता जनाए । आज वडा न। ५ को खलुवाचिस, कुमलगडि, लोवस्ता, डाडाँगाउँ, डाडाचिस, खल्वाचिस, कुर्री लगाएतका गाउँमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

तपाईंको प्रतिक्रिया