कांग्रेस तुलसीपुर ७ को घरदैला जारी

 बैशाख १८, २०७९

तुलसीपुर । सत्ता गठबन्धनले तुलसीपुरमा घरदैलो कार्यक्रम जारी राखेको छ । यसैक्रममा कांग्रेस तुलसीपुर ७ को घरदैलो अन्र्तगत आज विभिन्न टोलहरुमा मत माग्दै घरदैलो गरिएको प्रचार प्रसार समितिले जनाएको छ । वडाध्यक्षका उम्मेदवार राम बहादुर जिसी नेतृत्वका उम्मेदवारहरुले जनता संग मत मागेका छन । त्यस अवसरमा अध्यक्षका उम्मेदवार जिसीले वडाको विकासको लागी मत दिन अपिल गरेका छन ।

आजको घरदैलो कार्यक्रम कुमालगाउँ, ग्वारखोला, सेण्टर बम्नैमा भएको हो । घरदैलोमा जनता समेत उत्साहीत भएर साथ दिएका थिए ।

तपाईंको प्रतिक्रिया