एमाले तुलसीपुर ११ को घरदैलोमा जनता उत्साहित

 बैशाख १८, २०७९

तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा नेकपा एमालेले १९ वटै वडामा घरदैलो कार्यक्रम जारी राखेको छ । विभिन्न वडामा घरदैलो तथा टोल टोलमा सभा भैरहेको प्रचार प्रसार समितिले जनाएको छ । बैशाख १२ गते मनोेनयन दर्ता गरे सगैं एमालेले प्रचारको अभियानलार्ई अघि बढाएको हो । यसैक्रममा तुलसीपुर ११ वडा कमिटिले आज बेलटाकुरा र मोतीपुरमा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्षका उम्मेदवार मान बहादुर रावतले जनता संग मत दिन आग्रह गरेका छन । वडाको विकास लागी सुर्यमा मतदान गर्न अपिल गरेका थिए ।

निर्वाचनका बेला विभिन्न आश्वासन दिने र निर्वाचित भैसकेपछि जनता संगको दुरी बढाउने चलन आफुले अन्त्य गर्ने रावतले बताएका थिए । घरदैलो कार्यक्रममा दलित महिला सदस्यका उम्मेदवार प्रभा परियार,महिला सदस्यका उम्मेदवार कमला चौधरी,खुल्ला सदस्यका उम्मेदवारहरु यज्ञ बहादुर बस्नेत र तिलकराम थारु लगायतको उपस्थिती रहेको थियो । त्यस अवसरमा जनता समेत उत्साहीत भएका थिए ।

तपाईंको प्रतिक्रिया