तुलसीपुर ११ : स्वतन्त्र उम्मेदवारको घरदैलो

 बैशाख १८, २०७९

तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा उम्मेदवारहरुलाई मत माग्न भ्याई नभ्याई छ । यतिवेला जनताको घरदैलोमा पुगेर विभिन्न प्रतिबद्धता सुनाउदै मत मागेका छन । दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारले यो कार्य जारी राखेका छन । यसैक्रममा तुलसीपुर ११ नम्बर वडाको अध्यक्षका स्वतन्त्र उम्मेदवार अर्जुन बहादुर केसीले आफनो प्रचार अभियान लाई तिब्रता दिएका छन । कांग्रेसले टिकट वितरणमा न्याय नगरेको भन्दै केसीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका थिए ।

टिकट वितरणमा चित्त नबुझेपछि झण्डै एक सय क्रियासिल सदस्यहरुले पार्टि त्यागको घोषणा समेत गरेका छन । चुनावि प्रचारका क्रममा केसीको पक्षमा कांग्रेसका नेता तथा कार्यकर्ता जुटेर प्रचारमा लागेका छन । चुनाव चिन्ह खरायोमा मत दिन आग्रह गर्दै जनताको हरेक समस्या समाधान गर्न सदैब लाग्ने बताएका छन । ब्यक्तिगत स्वार्थ भन्दा माथि रहेर आफुले काम गर्ने केसीको भनाई छ । केसीको चुनावि प्रचार प्रसार टोलीले बेलटाकुरा देखि सुकौरा सम्म घरदैलो गरेको हो । अर्को तर्फ कांग्रेसका उम्मेदवार खिम बहादुर वली नेतृत्वका उम्मेदवारहरुले पनि चुनावि प्रचारलाई अघि बढाएका छन ।

तपाईंको प्रतिक्रिया