एमालेकाे जनलहर झनै बढेको छ, गठबन्धनले केही फरक पार्दैन: उपाध्यक्ष ज्ञवाली

 बैशाख १९, २०७९

तुलसीपुर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले प्रतिकाे अाक्रषण झनै बढेकाे बताएका छन । प्रेस चाैतारी नेपाल दाङ शाखाले तुलसीपुरमा गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै ज्ञवालीले यस्तो बताएका हुन । उनले काग्रेस र माअाेवादि चुनावमा एक्लै लड्न नसकेर गरिएको गठबन्धनकाे कुनै अर्थ नरहने बताएका थिए । देशभरि एमालेकाे जनलहर झनै बढेकाे हुदा गठबन्धनले केहि फरक नपार्ने उनले बताएका थिए ।

अर्को प्रशङ्गमा देशलाई समाजवादकाे यात्रामा अघि बढाउनका लागि एमालेकाे नेतृत्व अावस्यक रहेकाे बताएका थिए । प्रेस चाैतारी नेपाल दाङका उपाध्यक्ष सुधासुमन ढकालकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर अध्यक्ष बसन्त परियार र सञ्चालन जिल्ला काेषाध्यक्ष गाेकर्ण पाैडेलले गरेका थिए ।

तपाईंको प्रतिक्रिया