तुलसीपुर १३ : माअाेवादिकाे वडा कमिटी एमालेमा समाहित

 बैशाख १९, २०७९

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा माअाेवादि केन्द्रकाे वडा कमिटी एमालेमा समाहित भएको छ । अाज भएको एक कार्यक्रममा वडा कमिटीकाे सिङ्गो टिम लाई एमाले केन्द्रीय सदस्य घनश्याम पाण्डेले स्वागत गरेका हुन । वडा कमिटि अध्यक्ष देव बहादुर बिक सहित १५५ जना समाहित भएकाे नगर कमिटी सदस्य हुम बहादुर नेपालीले जानकारी दिएका छन ।

वडा कमिटीका अध्यक्ष खिमकान्त पाण्डेकाे अध्यक्षतामा भएको कार्यक्रममा मेयरका उम्मेदवार टिकाराम खड्का, उपमेयरका उम्मेदवार स्यानि चाैधरी, वडाध्यक्षका उम्मेदवार माेहन पाैडेल लगायतले बाेलेका थिए ।

तपाईंको प्रतिक्रिया