युवा संघ तुलसीपुरले निर्वाचनमा अबाञ्छित काम हुन नदिने

 बैशाख २०, २०७९

तुलसीपुर । स्थानिय निर्वाचनलाई मध्यनजर गरि तुलसीपुरमा युवा संघको परिचालन कमिटि गठन गरिएको छ । आज पार्टि कार्यालयमा आयोजित नगर भेलाबाट टोप बहादुर बुढाथोकीको संयोजकत्वमा १९१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको हो । नगर उपाध्यक्ष गोविन्द नेपालीको अध्यक्षतामा भएको भेलामा बोल्दै एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डले युवा शाथीहरु एक जुट भएर एमाले जिताउने अभियानमा लाग्न निर्देशन दिनुभएको थियो ।


त्यसैगरी युवा संघ दाङ ईन्चार्ज शुरेस रावतले निर्वाचनमा कुनै होहल्ला र गैरकानुनी कार्य भए प्रतिवाद गर्न तयार रहेको बताएका थिए । जिल्ला अध्यक्ष देबु बस्नेतले निर्वाचन आचारसंहित विपरीत हरेक वडामा हुने कामको खवरदारी गर्न आग्रह गरेका थिए ।

तपाईंको प्रतिक्रिया