तुलसीपुर ९: कांग्रेसले बिकास गरेन, एमालेमा आयौं

 बैशाख २१, २०७९

तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको मिति नजिकिए सगैं एमाले प्रति जनलहर झनै बढेको छ । बुधवार मात्रै तुलसीपुर ९ मा एमालेको चुनावी सभामा २ दर्जन बढि एमालेमा प्रबेश गरेका छन । कांग्रेस र माओवादी केन्द्र परित्याग गरि उनिहरु एमालेमा प्रबेश गरेका हुन । सल्लीवनमा आयोजित सभामा पार्वति कुमारी वली,गोरख दमाई,खुम बहादुर केसी, सरला बुढा लगायतको टोली लाई केन्द्रीय सदस्य कोमल वली र एमाले जिल्ला उप सचिव कृष्ण भुषालले स्वागत गरेका हुन । वडाको विकास कांग्रेसबाट सम्भव नभएको हुदा पार्टि त्याग गरेको नवप्रबेसिको भनाई छ । २०७४ चुनावमा कांग्रेसलाई जिताएका उनिहरुले आश्वासन मात्रै पाएको बताएका थिए ।

निर्वाचन परिचालन कमिटिका संयोजक संगीत बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा मेयर पदका उम्मेदवार टिकाराम खड्काले सल्लीबनको विकासको लागी एमालेलाई जिताउन आग्रह गरेका थिए । मेयरमा आफु निर्वाचित भए यँहाको सडक र कृषिमा उल्लेख्य सुधार ल्याउने र जनतामा आर्थिक क्रान्ती हुने उनले बताएका थिए ।

यस्तैै उपमेयर पदका उम्मेदवार श्यानी चौधरीले जनताको जिवनयापन परीवर्तनको लागी एमालेलाई जिताउन अपिल गरेकि थिईन । त्यसैगरी वडाध्यक्ष पदका उम्मेदवार बामदेव न्यौपानेले एउटा नमुना वडाका रुपमा विकास गर्नका लागि आफ्नो उम्मेदवारी रहेको बताएका थिए । चुनावि सभाको सहजिकरण एमाले नगर सचिव रुप बहादुर खत्रिले गरेका थिए ।

तपाईंको प्रतिक्रिया