तुलसीपुर १ : कांग्रेस र माओवादीबाट ४७ जना एमालेमा प्रबेश

 बैशाख २१, २०७९

तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको मिति नजिकिए सगैं एमाले प्रति जनलहर झनै बढेको छ । बुधवार तुलसीपुर १ मा एमालेको चुनावी सभामा ४७ जना एमालेमा प्रबेश गरेका छन । कांग्रेस र माओवादी केन्द्र परित्याग गरि उनिहरु एमालेमा प्रबेश गरेका हुन । मिलनचोकमा आयोजित सभामा कांग्रेसका टोप बहादुर पाण्डे,विरभान भण्डारी,कुमार बहादुर श्रेष्ठ लगायत प्रबेश गरेका छन । त्यसैगरी माओवादीबाट राम विक,अर्जुन विक, लाल बहादुर विक प्रबेश गरेका हुन । उनिहरुलाई एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डेले पार्टिमा स्वागत गरेका हुन ।

सत्तागठबन्धनको नाममा नेतृत्वले बदमासि गरेकोले पार्टि त्याग गरेको उनिहरुको भनाई छ । सभामा मेयर पदका उम्मेदवार टिकाराम खड्का, उपमेयर पदका उम्मेदवार श्यानी चौधरी र वडाध्यक्ष पदका उम्मेदवार लक्ष्मण भण्डारी लगायतले बोलेका थिए ।

तपाईंको प्रतिक्रिया