भाइबुहारीलाई जबरजस्ती करणी गर्ने जेठाजु पक्राउ

 असार १८, २०७९


गुल्मी । भाइबुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । १९ वर्षीया भाइबुहारीलाई जबरजस्ती करणी गरेको आरोपमा धुर्कोट गाउँपालिका ६ स्थित ३५ वर्षीय जेठाजु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी भीमबहादुर दाहालले यही असार १४ गते दिउँसो ३ बजे गोठमा भाइबुहारीलाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया