घर बनाउन सहयोग गर्ने भारतीय नागरिककाे हत्या

झापा । झापामा घर बनाउन सहयोग गर्ने भारतीय नागरिकलाई हत्या गरेर ह्युम पाइपभित्र फालिएको पाइएको छ । दुर्व्यवहार गरेको भन्दै श्रीमान्–श्रीमतीले नै योजना बनाएर भारत गुजरातका ४० वर्षीय जपाडिया नरेशकुमार बाबु भाइको हत्या भएको हो ।
उनको हत्या योजना अर्जुनधारा अर्जुनधारा ७ डाँडागाउँकी ३२ वर्षीया जानुका सुवेदी थापा र उनका ४९ वर्षीय श्रीमान् विनय भनिने वृषबहादुर थापाले बनाएको प्रहरीले जनाएको छ । जानुकालाई श्रीमानकै अगाडि दुर्व्यवहार गरेपछि हत्याको योजना बनेको थियो । उनको ९ असारमा हत्या भएको प्रहरीले जनाएको छ । १२ असारमा ह्युम पाइपभित्र बोरामा उनको शव भेटिएको थियो ।
उनको हत्याका लागि थापा दम्पतीले सुनसरी बराहा क्षेत्र नगरपालिका–१० का २५ वर्षीय सुरेश परियार र फरार एक अभियुक्तलाई पाँच लाखको ‘सुपारी’ दिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया