स्वास्थ्य क्षेत्रमा जनशक्ति र पूर्वाधार पहिलो प्राथमिकता: नगर प्रमुख खड्का

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले स्वास्थ्य क्षेत्र सुधारका लागि जनशक्ति र पूर्वाधार पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ । स्वास्थ्य चौकी तथा पालिकास्तरीय आधारभूत स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड सम्बन्धी अभिमूखीकरण कार्यक्रममा उहाँले आर्थिकरुपमा विपन्न समुदायमा स्वास्थ्य सेवा प्रभावकारी ढंगले पु¥याउनका
लागि स्वास्थ्यकर्मी र भौतिक पूर्वाधार व्यवस्थापनमा नीति तथा कार्यक्रममा विशेष जोड दिइएको बताउनुभयो ।
जनस्वास्थ्य प्रवर्धन शाखाका प्रमुख ओमप्रकाश न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले मेट्रो अस्पताल,८ वटा स्वास्थ्य चौकी,नगर स्वास्थ्य केन्द्र ११ वटा र दुई वटा सामुदायिक स्वास्थ्य इकाइ रहेका छन् । न्यूनतम स्वास्थ्य सेवा मापदण्डमा सुशासन,गुणस्तरीय व्यवस्थापन,सांगठनिक व्यवस्थापन,ल्याब ,परिवार नियोजन
सेवा, गर्भजाँच,बर्थिङ सेन्टर, ओपिडि सेवा पर्दछन् ।तुलसीपुर
उपमहानगरपालिकामा मातृशिशु मृत्युदर शून्य रहेको छ ।कार्यक्रमको सञ्चालन विमल केसीले गर्नुभएको थियो ।
तपाईंको प्रतिक्रिया