तुलसीपुर ११ नम्बर वडामा नागरिककाे सहजताकाे लागि निवेदन र फाेटाेकपि नि:शुल्क

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले नागरिक हेल्प डेक्स स्थापना गरेकाे छ । वडा भित्र काम गराउन आउने सेवाग्राहीलाई सहजताकाे लागि हेल्प डेक्स स्थापना गरिएको वडाध्यक्ष मान बहादुर रावतले जानकारी दिए ।
हेप्प डेक्स स्थापना भए सङै अब देखि निवेदन र फाेटाेकपि नि:शुल्क हुने भएको छ । वडाबाट सिफारिस लिदा आबश्यक निवेदन र विभिन्न प्रमाणपत्रको फोटोकपी समेत नि:शुल्क हुने अध्यक्ष रावतले बताए ।
वडामा सेवा लिन आउने नागरिकले फाेटाेकपि गर्न जादा खर्चिलो सङै झन्झटिलो तथा सामान्य निवेदनकाे शुल्क तिर्नुपर्ने गुनासो लाई सम्बाेधन गरिएको हाे । असार २० गते देखि सुरु भएको याे कार्यबाट नागरिक खुसी भएका छन ।
तपाईंको प्रतिक्रिया