चट्याङ्ग लागेर प्युठानमा दुई बालकको मृत्यु

 असार २१, २०७९

तुलसीपुर । चट्याङ्ग लागेर प्युठानमा दुई जना बालकको मृत्यु भएको छ । सोही घटनामा नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ऐरावती गाउँपालिका-६ बिजुलीकोटका १२ वर्षीय पुरन परियार र ७ वर्षीय बालक रोमन परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

त्यस वडामा पाँच जना घाइते भएको डीएसपी सत्यनारायण थापाले बताए । चट्याङ लागेर ऐरावतीकाे वडा न-६ का ६ जना र वडा नं-१ का ४ जना घाइते छन् ।

तपाईंको प्रतिक्रिया