अर्थमन्त्री शर्मा द्वारा राजीनामा

काठमाण्डाै – अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनुभएकाे छ । आज प्रतिनिधि सभा बैठकमाे सांसदले उठाएका प्रश्नकाे जवाफ दिँदै उहाँले राजीनामा दिनुभएकाे हाे ।
उहाँमाथि छानबिन गर्न आजै संसदले ११ सदस्यीय छानबिन समिति गठन गरेपछि शर्माले आफूले कुनै गल्ती नगरेको तर पनि समिति बनेपछि राजीनामा दिँदा उपयुक्त हुने ठानेर मार्गप्रशस्त गरेको बताउनुभयो । उहाँले छानबिन समितिलाई सघाउने प्रतिबद्धता पनि जनाउनुभएकाे छ ।
‘मेराे राजीनामा माग्ने नागरिक समाज, युवा पङ्क्तिलाई धन्यवाद । मैले गल्ती गरेकाे छैन । तथ्यमा गइदिनुहाेला धन्यवाद
तपाईंको प्रतिक्रिया