इंग्ल्याण्डमाथि भारतको जित

इंग्ल्याण्डसँग भएको पहिलो टी–२० मा भारतले शानदार जित निकालेको छ। तीन खेलको टी–२० सिरिजको पहिलो खेलमा भारतले ५० रनको जित निकाल्दै सिरिजमा १–० को अग्रता बनाएको छ ।भारतले इंग्लिस भुमिमा रनको हिसाबले निकालेको यो सर्वाधिक ठूलो जित हो । यसअघि इंग्ल्याण्डमा २००९ को विश्वकपमा भारतले बंगलादेशलाई २५ रनले हराउनु सर्वाधिक फराकिलो रनको जितका रूपमा रहेको थियो ।
खेलमा भारतले पहिले ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १९८ रन बनाएको थियो । १९९ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड १९.३ ओभरमा अलआउट हुँदे १४८ रनमा समेटियो । भारतका लागि सर्वाधिक धेरै विकेट हार्दिक पाण्ड्याको नाममा रह्यो। उनले ३३ रन दिएर ४ विकेट लिए । साथै उनले ब्याटिङमार्फत पनि ५१ रन बनाएका थिए । उनी भारतका लागि एकै खेलमा अर्धशतक बनाएर ४ विकेट लिने पहिलो खेलाडी समेत बने । उनी भारतका लागि सर्वाधिक रन बनाउने खेलाडी समेत बने। उनी म्यान अफ द म्याच घोषित भए ।
भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ३९ रन बनाउँदा रोहित शर्माले २४ तथा दिपक हुडाले ३३ रन बनाए। त्यस्तै अक्षर पटेलले १७ रन बनाउँदा दिनेकक कार्थिकले ११ रन बनाएका थिए । इंग्ल्याण्डका लागि क्रिस जोर्डन र मोइन अलीले समान २–२ विकेट लिए ।
जवाफमा खराब सुरुवात गरेको इंग्ल्याण्डका कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । उसका लागि मोइन अलीको ३६ रन सर्वाधिक रह्यो । त्यस्तै ह्यारी ब्रुकले २८ रन बनाउँदा क्रिस जोर्डन २६ रनमा अविजित रहेका थिए । भारतका लागि हार्दिकको ४ विकेटसँगै अर्सदिप सिंह र युजेन्द्र चाहलले समान २–२ विकेट लिए ।
तपाईंको प्रतिक्रिया