माछा मार्न नदी गएका एक पुरुष मृत भेटिए

सल्यान । सल्यानको शारदा नदीमा माछा मार्न गएका एक पुरुष मृत फेला परेका छन्। जिल्लाको शारदा नगरपालिका-६ का ५० वर्षीय डोलबहादुर भण्डारी मृत फेला परेका हुन्।
बिहीबार राति साढे ८ बजेतिर माछा मार्न गएका बुढाथोकी शारदा नगरपालिका-६ भट्टाचौरनजिकै शुक्रबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ।
तपाईंको प्रतिक्रिया