तुलसीपुर जेसिजको आयोजनामा शेयर सम्बन्धि तालिम

 असार २८, २०७९

तुलसीपुर । तुलसीपुर नगर जेसिजको आयोजनामा शेयर तालीम भएको छ । जेएफ सेक्युरिटीजको सहयोगमा उक्त तालीम भएको हो । जेसिजका अध्यक्ष केशवराज केसीको अध्यक्षता एवं तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलको प्रमुख आतिथ्यतामा तालीम भएको हो ।

सो अवसरमा सुबास चन्द्र भट्टराईले प्रशिक्षण दिएका थिए । तालीममा तुलसीपुरका विभिन्न बिद्यालयका बिद्यार्थीहरु, शेयर लगानीकर्ताको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक जेसिजका कार्यकारिणी उपाध्यक्ष सन्दीप भुषालले स्वागत मन्तव्य राखेको कार्यक्रममा पूर्वध्यक्ष झरेन्द्र खरेल ,नेपाल जेसिजका रास्ट्रिय उपाध्यक्ष नेत्रलाल भट्टराई, लाइन्स कलब अफ दाङका अध्यक्ष भोजराज न्यौपाने , इसान कलबका निबर्तमान अध्यक्ष बुद्ध प्रकाश सिंह, जेएफ सेक्रेटरीटिजका प्रबन्ध सबिन डाँगीले शुभकामना ब्यक्त गरेका थिए ।

जेसिज आस्था पाठ जेसि मान बहादुर बस्नेतले गराएका थिए भने सहजीकरण महासचिब पूर्णबहादुर डाँगीले गरेका थिए ।

तपाईंको प्रतिक्रिया