खैरो हिरोइनसहित एक जना पक्राउ

 असार २९, २०७९

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीवृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलबाट १४.६६ ग्राम लागुऔषध (खैरो हेरोइन) सहित तेह्रथुम सुङनाम गाउँपालिका–४ घर भएका २६ वर्षीय दीपक तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

तपाईंको प्रतिक्रिया