घरमा सुतेकी एक किशोरी मृत भेटिईन्

 असार ३०, २०७९

कञ्चनपुर । भीमदत्त नगरपालिका–६ ऐठपुर बस्दै आएकी १८ वर्षीया अनिता नाथ आज मृत फेला परेकी छन्। बुधबार राति कटहर र मासु खाएर सुतेकी नाथ बिहीबार बिहान मृत फेला परेकी हुन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार नाथको फुड पोइजनका कारण मृत्यु भएको आशंका गरिएको छ ।

किशोरीकी दिदीले खाना खाएपछि बहिनीले बान्ता गरेको बताइन्। त्यसपछि निदाएकी बहिनी बिहान मृत फेला परेको उनको भनाई रहेको छ। मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल महेन्द्रनगरमा राखिएको छ। नाथ पढाइका लागि दिदीको घरमा बस्दै आएकी थिइन्।

तपाईंको प्रतिक्रिया