दाङमा चट्याङ लागेर एक बालकको मृत्यु
तुलसीपुर । दाङको घोराहीमा शुक्रबार चट्याङ लागेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका वडा नम्बर १९ खानीगाउ निवासी १५ बर्षिय शंकर बिक रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।
शुक्रबार गाई चराउन गएको समयमा उनलाई चट्याङ लागेको थियो। उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
तपाईंको प्रतिक्रिया