वर्षा नभएपछि धान रोपाइँ हुन सकेन्

 असार ३२, २०७९

तुलसीपुर । साउन लाग्न लाग्दा पनि वर्षा नभएपछि धान रोपाइँ हुन सकेको छैन । दाङका विभिन्न स्थानमा पानी नहुदा रोपाइँ हुन नसकेको हाे ।

सिचाइकाे सुविधा नभएका स्थानमा राखेको ब्याड पनि सुक्न थालेको किसानले बताएका छन् । तुलसीपुर क्षेत्रमा वडा नम्बर १२ , १३ , २ मा लगायतका स्थानमा खेत चिरा पर्न थालेको छ । मुख्य बाली धान नै रोप्न सुरु नहुदा चिन्तित हुन थालेकाे तुलसीपुर १२ का किसान लाल बहादुर चाैधरिले बताएका छन ।

तपाईंको प्रतिक्रिया