थप २०५ जनामा कोरोना संक्रमण

 असार ३२, २०७९

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार पीसीआर र एन्टिजेन परीक्षणमा २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको संख्या १ हजार ३८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

१ हजार १९९ पीसीआर परीक्षणमा १५२ र १ हजार ८९१ एन्टिजेन परीक्षणमा ५३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी डिस्चार्ज हुनेको संख्या भने ५१ जना रहेका छन् ।
काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ९६३ रहेको छ । काठमाडौँमा ८५०, भक्तपुरमा २६ र ललितपुरमा ९२ जना संक्रमितको संख्या छ ।

तपाईंको प्रतिक्रिया