आज साउनको पहिलो सोमबार

 साउन ०२, २०७९


काठमाडौं । साउन महिनाको पहिलाे सोमबार। साउनको सोमबार भगवान् शिवको विशेष पूजा–आराधना गर्ने परम्परा छ । नेपाल तथा भारतका शिवालयमा श्रद्धालुको घुइँचो छ। काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सिन्धुलीको कुशेश्वरलगायत शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

ज्योतिषशास्त्रमा सोमबारको स्वामी भगवान् शिवलाई मानिएको छ । त्यसैले यो दिनको उनको आराधना गरिन्छ। आफू र परिवारको सुस्वास्थ्य, दीर्घायु एव विभिन्न कामना गर्दै व्रत बस्ने परम्परा छ ।

शिवको अर्थ कल्याण भएकाले विधिपूर्वक आराधना गर्दा उनी खुशी हुन्छन् र मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ ।

यो वर्ष साउनको २ सहित ९,१६,२३ र ३० गते सोमबार परेको छ ।

तपाईंको प्रतिक्रिया