रोल्पामा एक बृद्ध मृत भेटिए

 साउन ०२, २०७९

रोल्पा । रोल्पामा एक व्यक्ति मृत भेटिएका छन् । रुन्टीगढी गाउँपालिका-२ धैरेनीका ६८ वर्षीय लक्ष खत्री मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार मृतकको शव रुन्टीगढी गाउँपालिका-४ सुर्पालस्थित युवराज रानाको मकैवारीमा फेला परेको हो । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया