करेन्ट लागेर सल्यानमा एक जनाकाे मृत्यु

 साउन ०२, २०७९

दाङ । सल्यानका एक जना युवकको करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान घर नजिकै पोलमा विद्युतको तार तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको हो ।

कालिमाटी गाउँपालिका ३ ढोढेनी निवासी घनश्याम भण्डारीका २५ वर्षिय छोरा बविन भण्डारीको उपचारका क्रममा दाङको राप्ती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । भण्डारीको करिब दुई बजेतिर मृत्यु भएको थियो ।

डिएसपी खड्काका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका भण्डारीको सामान्य उपचारपछि थप उपचारका लागि दाङ रेफर गरिएको थियो । भण्डारीको शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शब गृहमा राखिएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया