यी स्थानमा हुदैछ बर्षा

 साउन ०३, २०७९

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले देशका धेरै स्थानहरुमा आज मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहाव को जोखिम रहेको जनाएको छ ।

साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन÷यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

तपाईंको प्रतिक्रिया