अवरुद्ध दाङ-सल्यान सडक सुचारु

 साउन ०३, २०७९

तुलसीपुर । गएरातीदेखि अवरुद्ध राप्ती राजमार्ग अन्र्तगत दाङ-सल्यान सडकखण्ड सुचारु भएको छ । राप्ती राजमार्गको दाङ-सल्यान सडकखण्डको चोरखोला नजिक पहिरो जाँदा अवरुद्ध भएको सडक सोमबार दिउँसो एक बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

गएराति साढे १२ बजे खसेको पहिरो सडक विभाग र निर्माण कम्पनीको जेसिबीले पन्छाएपछि सडक सुचारु भएको डिएसपी खड्काले बताए । सडक अवरुद्ध हुँदा बिच बाटोमै अलपत्र परेका सवारी साधन तथा यात्रुहरु पहिरो पन्छाएपछि गन्तव्य तर्फ लागेको प्रहरीले बताएको छ ।

तपाईंको प्रतिक्रिया