सदनको अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

 साउन ०४, २०७९

सुर्खेत । कर्णाली प्रदेश सभाको अवरोध हटाउन सर्वदलीय बैठक बोलाएको छ । हिजो बसेको प्रदेश सभाको बैठक प्रमुख सत्तारुढ दल माओवादीले बहिस्कार गरेपछि विवाद समाधानका लागि पहल गर्न सभामुख राज बहादुर शाहीले सर्वदलीय बैठक बोलाएका हुन् । उनले आज दिउँसो १ बजे सर्वदलीय बैठक बस्ने जानकारी दिए ।

हिजो बसेको सदन नेकपा माओवादी संसदीय दलले बहिष्कार गरेको थियो । नेकपा माओवादी, काँग्रेस र समाजवादीको गठबन्धन रहेको कर्णाली प्रदेश सभामा सत्तारुढ घटकमा सबैभन्दा ठूलो दल माओवादीले नै सदन बहिष्कार गरेपछि कर्णालीमा अनौठो अभ्यास सुरु भएको राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।

तपाईंको प्रतिक्रिया