कोरोना सङ्क्रमण निरन्तर उकालो

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या झनै बढ्दो छ। पछिल्लो २४ घण्टामा देशमा १७ हजार ६५५ नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने २९ जनाको मृत्यु भएको छ । यही अवधिमा १४ हजार ५०९ सङ्क्रमणमुक्त पनि बनेका छन् । हाल भारतमा सक्रिय बिरामीको सङ्ख्या १ लाख ४२ हजार ७३९ रहेको छ । सोमबार देशमा १५ हजार ५२८ नयाँ कोरोना सङ्क्रमित भेटिएका थिए भने २५ जनाको मृत्यु भएको छ । देशमा दैनिक सङ्क्रमण दर ३.३२% छ ।
ओमिक्रोनका दुई उप-भ्यारियन्ट बीए.४ र बीए.५ बढ्दो सङ्क्रमणका जिम्मेवार मानिएका छन् । दुई भेरियन्टबाट ६५ प्रतिशत सङ्क्रमितमा पाइएको छ । अस्पतालमा शय्याको अभाव रहेको अवस्था गम्भीर छ ।
उता दक्षिण अस्ट्रेलियामा ८० भन्दा बढी एम्बुलेन्स चालकमा कोरोना देखिएको छ, जसका कारण एम्बुलेन्स सेवा ठप्प भएको छ । भिक्टोरियामा १० हजारभन्दा बढी नयाँ बिरामी भेटिएका छन् ।
तपाईंको प्रतिक्रिया