“ईच्छाशक्ति भए सफल उद्यमि बन्न सकिन्छ”

 साउन ०४, २०७९

तुलसीपुर । दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले हरेक नागरीक उद्यमशिल बन्नका लागि ईच्छाशक्तिको आवश्यक्ता पर्ने बताउनुभएको छ । उद्यमशिल बनाएर भन्दा पनि बन्नुपर्ने इच्छा ब्यक्तीमा आए मात्र एक सफल उद्दमी बन्न सक्ने उहाले बताउँनुभयो । दंगीशरण गाउँपालिकाको सभा हलमा आयाेजित उद्यमशिलता अभिमुखीकरण तथा सम्बाद कार्यक्रममा बाेल्दै उहाले   यस्तो बताउँनुभएको हो ।

राष्ट्रिय युवा परिषदका अध्यक्ष सुरेश रावतको अध्यक्षतामा भएको कार्यक्रममा ग्रीन  फाउण्डेशन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेले उद्यममा आधारीत उधमशिलतालाई अंगाल्दै ब्यवसायीकरण गर्ने कुरामा जोड दिनुभएको थियोे । मान्छे धनको गरिव भन्दा पनि मनको गरिव भएको भन्दै उधमी बन्नका लागि आफनै गाउँ ठाउँमा प्रशस्त प्राकृतीक वस्तुहरु रहेको बताउँनुभयो ।

उहाले उद्दमीका महत्वपुर्ण विशेषताहरु,कृषि तथा वनमा आधारीत उद्दम ब्यवसाय कसरी सुरुवात गर्ने, स्थानीय आर्थिक विकास कार्यक्रमको रणनिति लगाएतका विषयमा जानकारी समेत दिनुभएको थियो । कार्यक्रममा लक्ष्मी बैँक तुलसीपुरका शाखा प्रवन्धक सरोज चौधरीले वित्तीय साक्षरता ,अबस्था, अवधारणा र महत्त्वका विषयमा जानकारी गराउँनुभएको थियो ।

 ग्रीन फाउन्डेसन नेपाल शाखा कार्यालय दाङ, जिल्ला युवा समिति दाङ र दंगिशरण गाउँपालिकाको आयोजना तथा अभियान लघु बित्तिय संस्था लिमिटेडको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा फेगोफनका अध्यक्ष शोभाकर न्यौपाने, वडा न. १ का वडा अध्यक्ष रमेश भण्डारी, वडा न. ४ का वडा अध्यक्ष कमल चौधरी लगाएतकाले आआफनो धारणा राखेका थिए । कार्यक्रमको शहजीकरण कोषाध्यक्ष खिम प्रशाद भण्डारीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया