दाङमा यौन दुर्व्यवहार गरेकाे आराेपमा शिक्षक पक्राउ
सिसहनियाँ । दाङको देउखुरीमा विद्यार्थीलाई याैन द्रुव्यबहार आराेपमा शिक्षक पक्राउ परेका छन् । राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित स्टार समिट बोडिङ स्कुलमा कार्यरत ५० बर्षिय शिक्षक श्यामलाल चाैधरीले साेही विद्यालयमा अध्ययनरत पाँच बर्षिया छात्रालाई याैन दुर्व्यबहार गरेकाे आराेपमा प्रहरीले साेमवार पक्राउ गरेकाे हाे ।
अभिभावककाे उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिसहनियाँले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भालुवाङ पठाएको छ । यसबारेमा थप अनुसन्धान गर्ने प्रहरीले बताएको छ ।



तपाईंको प्रतिक्रिया