प्रेस युनियनको केन्द्रिय समितिमा दाङबाट ११ पत्रकार निर्वाचित
दाङ । नेपाल प्रेस युनियनको महाधिवेशनमा दाङका ११ पत्रकारहरु निर्वाचित भएका छन् । साउन ६ र ७ गते मकवानपुरको हेटौडामा भएको युनियनको नवौं महाधिवशनबाट दाङबाट ३ जना पदाधिकारीमा र ८ जना सदस्य पदमा निर्वाचित भएका हुन ।
जस अनुसार उपमहासचिवमा सुलोचना गौतम, सचिवमा भुवन शर्मा र कोषाध्यक्षमा माधव धिताल निर्वाचित भएका छन । यस्तै सदस्यहरुमा मुक्तीबाबु रेग्मी, बसन्त योगी, चेतन रेग्मी, लोकराज अधिकारी, नारायणी रजौरे, आत्मा गुरागाई, लक्ष्मीमान चौधरी र अञ्जना चौधरी बिजयी भएका हुन ।




तपाईंको प्रतिक्रिया