विद्युत प्राधिकरण तुलसीपुरको बक्यौता झण्डै ३ करोड

 साउन ०९, २०७९

तुलसीपुर । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले एक वर्षमा मात्रै १५ सय १७ ग्राहकको लाईन काटेको छ । सयमयै विद्युत महशुल नबुझाउने करिब ती ग्राहकको लाईक काटेको हो । जसबाट २ करोड २० लाख विद्युत महशुल असुल भएको कार्यालयका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिएका छन ।

महशुल नबुझाएको ९० दिन कटेको र १ हजार रुपैयाँ भन्दा बढी महशुल बुझाउँन बाकी रहेको ग्राहकको लाईन काट्ने गरिएको छ । लाईन काट्सकेपछि महशुल बुझाए पछि पुनः लाईन जोड्न गरिएको छ । कतिपय ग्राहकहरुले किस्तामा बक्यौता महशुल बुझाउने सर्तमा जोड्ने गरिएको पनि फर्सालले जानकारी दिएका छन । यस्तै विद्युत महशुल ६ महिनासम्म नबुझाउने ग्राहकलाइ केन्द्रले कालो सुचिमा राखेको छ । अहिले महशुल नबुझाउने ४२ ग्राहकलाई कालो सूचिमा राखेको हो ।

अझै ३ करोड बक्यौता
वितरण केन्द्रको अझै ३ करोड बक्यौता रहेको छ । गएको बर्ष बक्यौता रकम अशुलमा सुधार देखिएपनि अझै झण्डै ३ करोड महशुल उठ्न बाकी रहेको छ । केन्द्रले यस बर्ष ८० प्रतिशत महशुल असुल गर्ने लक्ष्य समेत राखेको केन्द्रका प्रमुख फर्सालले जनमुखीलाई बताए ।

साउन १ गतेदेखि बाँकी बक्यौता उठाउन सुरु भईसकेको उनले बताए । ‘विद्युत बारे गुनासो भए गर्नुस तर महशुल समयमै बुझाउनुस’ फर्सालले भने ।

तपाईंको प्रतिक्रिया