यी ६ जना जस्ले अपहरण गरेर ७ लाख माग्दै थिए

 साउन १०, २०७९

तुलसीपुर । अपहरण गरेर ७ लाख माग्ने ६ जना तुलसीपुरबाट पक्राउ परेका छन । पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नम्बर ४ निवासी ३५ बर्षीय लिला विक, सोही ठाउँका ३५ बर्षीय नेवबहादुर घर्ती, तुलसीपुर ७ निवासी २६ बर्षीया निर्मला विक, तुलसीपुर ४ खाद्रे निवासी २५ बर्षीय सुकलाल विक, कपिलबस्तु शिवराज नगरपालिका ९ बस्ने २० बर्षीय मनोज थारु र गाडी चालक प्यूठान ७ घर भइ हाल तुलसीपुर ६ बस्ने २४ बर्षीय जनक कुँवर रहेका छन् ।

उनिहरुले दैलेखको चामुण्डाविन्द्रसैनी नगरपालिका वडा नम्बर ३ बस्ने २७ बर्षीय केशव कुमार विकलाई अपहरण गरि ७ लाख मागेका थिए । निर्मलालाई प्रयोग गरेर उनीहरुले अपहरण गरेका हुन् ।

केशवलाई सोमबार ९ बजे बुटवल बोलाएर त्यहाँबाट दाङ ल्याईएको हो । दाङ ल्याएपछि तुलसीपुरको सल्यान रोड स्थित युवम होटेलमा बन्धक बनाएर राखिएको थियो । त्यसपछि पैसा माग्नका लागि उनले दैलेख स्थित श्रीमतीलाई भनेको र श्रीमतीले इप्रका तुलसीपुरलाई फोन गरेपछि डीएसपी श्यामु अर्यालको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाइ मंगलबार नियन्त्रणमा लिएको हो ।

यस घटनाको बारेमा थप अनुसन्धान भैहरेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

तपाईंको प्रतिक्रिया